हेटौँडा मेयर कपमा आज वडा नम्बर ४ र १४ को फाईनल भिडन्त हुँदै

लोकखबर
२०८१ बैशाख ५, बुधबार ११:१३

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी चौथो मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा आज वडा नम्बर ४ र १४ बिच उपाधि भिडन्त हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो ३ बजे खेल हुनेछ ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रतियोगिताको साविक उपविजेता वडा नम्बर १५ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै १४ नम्बर वडा फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १३ लाई सडनडेथमा ५–४ गोलले हराउँदै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय हुनेले ५० हजार रुपैयाँ र चौथो हुनेले २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको