थाहा नगरका विद्यार्थीहरु होमस्टे र ईलेक्ट्रिकल तालिम लिँदै

लोकखबर
२०८१ बैशाख ८, शनिबार १६:३२

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० टौखेलस्थित नाटेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुले होमस्टे र ईलेक्ट्रिकल तालिममा सहभागिता जनाएका छन् ।

विद्यालयको सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम अन्तर्गत १५ दिने तालिम बैशाख ३ गतेबाट सुरु भएको हो । तालिमको छैटौँ दिन शनिबार नगरपालिकाका पर्यटन शाखा प्रमुख सुरजकुमार भुजेलले सहजीकरण गरेका छन् । तालिममा प्रशिक्षकहरुले विद्यार्थीहरुलाई होमस्टे र ईलेक्ट्रिकल विषयमा हरेक दिन तालिम दिईरहेका छन् ।

विद्यालयले विद्यार्थीहरुका लागि ल्याएको यो कार्यक्रमबाट अहिले विद्यार्थीहरुले लाभ उठाईरहेका छन् । कार्यक्रमलाई शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले सहयोग गरेको छ । तालिम बैशाख १८ गतेसम्म चल्नेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको