मकवानपुरगढी– १ मा किसानलाई बाख्रा वितरण
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा किसानहरुलाई बाख्रा वितरण गरिएको छ । मकवानपुरगढी गाउँपालिकाको बाख्रा प्रवर्धन कार्यक्रम अन्तर्गत किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
मकवानपुरगढी गाउँपालिकाको पशुपन्छी विकास शाखाको सहयोग र अन्नपानी बहुउदेश्यीय कृषक समूहको आयोजनामा भएको कार्यक्रममा २५ जना किसानहरुलाई ५ वटाका दरले जम्मा १२५ वटा बाख्राहरु वितरण गरिएको हो ।
मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।











































