एकीकृत समाजवादी मकवानपुरमा कसलाई के जिम्मेवारी ?

लोकखबर
२०८१ बैशाख २५, मंगलवार २०:०१

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको नवौं जिल्ला अधिवेशनपछि आज बसेको बैठकले विभिन्न पालिकाका लागि इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । पार्टी मकवानपुर अध्यक्ष विष्णु प्रसाद दहालको अध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकाको इन्चार्जमा पार्टी सचिव धुव भुजेललाई जिम्मेवारी प्रदान गरेको छ । सचिव भुजेलले पार्टी संगठन विभागको समेत जिम्मेवारी पाएका छन् ।

सहइन्चार्जमा उप सचिव कविन पन्त, सदस्यहरुमा राजु अधिकारी, ज्ञानेन्द्र देवकोटा, देवराज गौतम र शुक्रदेवी बल रहेका छन् ।
थाहा नगरपालिकाको इन्चार्जमा सानुकाजी गोपाली, सहइन्चार्जमा वीरबहादुर तामाङ र सर्मिला जिम्बा रहेका छन् ।

मनहरी गाउँपालिकाको इन्चार्जमा उपसचिव किशोर बर्तौला, सहइन्चार्जमा शिवकुमार काशी र देवीमाया तामाङ छन् ।
इन्द्रसरोबर गाउँपालिकाको इन्चार्जमा कुन्छान लामा रहेका छन् भने राक्सिराङ गाउँपालिका इन्चार्जमा ज्ञानेन्द्र तामाङ र सहइन्चार्जमा कृष्णबहादुर तामाङ् रहेका छन् ।

कैलाश गाउँपालिकाको इन्चार्जमा उपसचिव टंक मोक्तान र सहइन्चार्जमा कालु ढकाल रहेका छन् ।
मकवानपुरगढी गाउँपालिका इन्चार्जमा दुर्गा दहाल र सहइन्चार्जमा शिवराज देवकोटा रहेका छन् । बैठकले तिलक अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी प्रदान गरेको छ भने राकुमार एलनलाई सूचना तथा सञ्चार विभाग प्रमुखको भूमिका दिएको छ ।

यस्तै, मनोज कुमार वाइवालाई जनजाति महासंघ, अरुण बर्तौलालाई विद्यार्थी, शान्तिप्रिय बन्दनालाई राष्ट्रिय जनसांस्कृतिक महासंघ, दीपक बस्नेतलाई एकीकृत ट्रेड युनियन इन्चार्ज र अलि हुसेनलाई मुस्लिम इत्तेहाद संगठनको इन्चार्जको जिम्मेवारी दिएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको