बागमती प्रदेशसभाको अधिवेशन बैशाख ३१ गर्न सिफारिस गरिने

लोकखबर
२०८१ बैशाख २७, बिहीबार १९:४५

मकवानपुर । बागमती प्रदेश सरकार मन्त्री परिषद बैठकले यही बैशाख ३१ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकले अन्य विषयमा पनि विविध निर्णयहरु गरेको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दिपेन्द्र श्रेष्ठलाइ नियुक्त गर्ने निर्णय समेत गरेको छ । त्यस्तै नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०को पहिलो संशोधन स्वीकृत गर्ने र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद स्थापना हुने स्थान, सङ्गठन तालिका, दरवन्दी तेरिज, कार्यविवरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने, वन क्षेत्र प्रयोग तथा रुख कटान गर्ने , कार्यालय स्थानान्तरण, खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम संचालन लगायतका निर्णय समेत गरेको प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको