फुर्केचौरमा मन्दिर उद्घाटन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ फुर्केचौरस्थित गोरक्षनाथ महादेव मन्दिर उद्घाटन गरिएको छ ।
महादेव मन्दिर निर्माण समितिका अध्यक्ष सुर्यबहादुर पण्डितको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शनिबार नवनिर्मित गोरक्षनाथ महादेवको मन्दिर उद्घाटन गरिएको हो ।
संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट विनियोजित १५ लाख रुपैयाँबाट निर्माण भएको गोरक्षनाथ महादेव मन्दिर उद्घाटन कार्यक्रममा निर्माण समितिका पदाधिकारी तथा सदस्यहरु, स्थानीयवासीको सहभागिता रहेको थियोे ।











































