हेटौँडामा मोबाईल व्यवसायी र प्रहरीबिच अन्तरक्रिया

लोकखबर
२०८१ जेष्ठ ५, शनिबार १८:५१

मकवानपुर । मकवानपुरको हेटौँडामा मोबाईल व्यवसायी र प्रहरीबिच अन्तरक्रिया भएको छ ।. हेटौँडा ४ मा मोबाईल एशोसिएसन अफ नेपाल मकवानपुरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल मोबाईल व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष एशिष रिजाल, मोबाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई, उपाध्यक्ष सागर न्यौपाने लगायत मोबाईल व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओम प्रकाश पंडितले सहजिकरण गरेका थिए ।

मोबाईल व्यवसायीहरुले सेकेण्ड ह्याण्ड मोबाईल किनबेच तथा लक अनलक गर्ने क्रममा कानूनी समस्या आएमा के के सुरक्षा बिधि अपनाउनु पर्छ भनि सोधिएका प्रश्नहरुको जवाफ समेत प्रहरी निरीक्षक पंडितले दिएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको