हेटौँडामा ‘अनलाईनमा बाल संरक्षण’ कार्यक्रम सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाभित्रका ४ विद्यालयहरुमा ‘अनलाईनमा बाल संरक्षण’ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
सिविन नेपालको आयोजनामा नगरका ती विद्यालयहरुमा कार्यक्रम सम्पन्न भएको हो ।
सिविनले यो कार्यक्रम उपमहानगरका २० वटा विद्यालयहरुमा संचालन गर्दै आएको छ । कार्यक्रममा अनलाईनमा बालबालिकाका सुरक्षाका विषयमा विद्यालयका विद्यार्थीहरुलाई प्रशिक्षण दिने गरिएको छ ।











































