हेटौँडा ११ मा कृष्टल माला बनाउने तालिम सकियो

लोकखबर
२०८१ जेष्ठ १७, बिहीबार १५:१०

मकवानपुर । हेटौँडामा महिलाहरुका लागि संचालित कृष्टल माला तथा गरगहना बनाउने तालिम समापन भएको छ । नवजागरण नेपालको आयोजना तथा हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा कार्यालयको सहयोगमा भएको तालिममा २० जना महिलाहरुले सहभागिता जनाएका थिए ।

बिमला लामाले सहजीकरण गरेको तालिमका सहभागीहरुलाइ कार्यक्रमकी प्रमुख अतिथि एवम् ११ नम्बर वडा अध्यक्ष जुना दाहालल, विशेष अतिथि वडासदस्यहरु विकास नेपाल, गोपिनी सापकोटा, गीता सुनार लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम नवजागरण नेपालकी अध्यक्ष निर्मला बर्तौलाको सभध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको