हेटौँडामा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन शुरु

लोकखबर
२०८१ जेष्ठ १८, शुक्रबार १५:००

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन आजबाट हेटौंडामा शुरुभएको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अधिवेशनको उद्घाटन् गरेका छन् ।

अधिवेशनले एमाले मकवानपुरको नयाँ नेतृत्व समेत चयन गर्नेछ । कुल ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिएका छन् ।

एमाले अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको