हेटौँडामा विद्यार्थीलाई १ हजार बिरुवा प्रदान
मकवानपुर । मकवानपुरको हेटौँडा ८ कमानेमा अवस्थित माउन्ट एभरेष्ट ईङ्गिस बोर्डिङ स्कूलले आफ्ना विद्यार्थीहरुलाई १ हजारभन्दा बढी बिरुवा प्रदान गरेको छ ।

विश्व वातावरण दिवसका अवसरमा विद्यार्थीहरुलाई वृक्षरोपणका लागि बिरुवा प्रदान गरिएको विद्यालयकी शिक्षिका अस्मिता श्रेष्ठले जानकारी दिईन् । विद्यार्थीहरुले आफुले प्राप्त गरेको बिरुवा आ–आफ्नो घरमा रोप्नुपर्ने नियम बनाएर विद्यालयले उनीहरुलाई बिरुवा प्रदान गरेको हो ।

वातावरण दिवसकै अवसरमा विद्यालयमा स्थापित बाल क्लब, एजुकेशनल साईन्स अध्ययनरत विद्यार्थीहरु र अन्य विद्यार्थीहरुको सहभागितामा विद्यालयहातामा पनि सरसफाई गरिएको शिक्षिका श्रेष्ठले बताईन् ।











































