‘हेटौँडा सिमेन्टलाई पुनर्जीवन दिनु आवश्यक छ’–अध्यक्ष भण्डारी

लोकखबर
२०८१ जेष्ठ २८, सोमबार १४:५५

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका नव नियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले हेटौँडा हेटौँडा सिमेन्ट उद्योगलाई पुनर्जीवन दिनु आवश्यक भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत आभारसहितको सन्देश राख्दै अध्यक्ष भण्डारीले हेटौँडाको पहिचान शक्ति छाप हेटौँडा सिमेन्ट उद्योग यतिबेला गम्भीर संकटमा भएको बताउँदै त्यसलाई पुनर्जीवन दिनुपर्ने बताएका हुन् ।

‘संघीय सरकारको साथ र सहयोगमा नयाँ प्लान्टसहित उत्पादन लागत घटाउने र प्रतिस्पर्धी बजारमा उचित मूल्यसहित गुणस्तरीय सिमेन्ट बिक्री गर्दै हेटौँडा सिमेन्टलाई पुनर्जीवन दिनु अत्यावश्यक छ।’–अध्यक्ष भण्डारीले लेखेका छन् ।

उनले व्यवसायिक अनुभव, ज्ञान र सम्बन्धहरुको भरपूर उपयोग गर्दै संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार, सरोकारवाला निकायको साथ, सहयोगमा उल्लेखनीय कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको