हेटौँडामा एक महिने बारिष्टा तालिम सकियो

लोकखबर
२०८१ जेष्ठ ३०, बुधबार ०६:४७

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एक महिने बारिष्टा तालिम समापन भएको छ । युवाहरूलाई लक्षित गरि हेटौंडामा भएको तालिम ५० जनाले पूरा गरेको मेघा ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका संचालक तथा कार्यक्रमका सभाध्यक्ष बिवेक दाहालले जानकारी दिए ।

तालिम पूरा गर्ने युवाहरूलाई कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले प्रमाणपत्र प्रदान गरेकी थिईन् । मेयर लामाले सीप सिकेकाहरु जहाँ गए पनि काम गरेर खान सक्ने भन्दै स्वदेशमा पनि राम्रो आयआर्जन गर्न सकिने बताईन् । उनले आफुले सिकेका काममा लागिरहन पनि युवाहरुलाई हौसला दिएकी थिईन् ।

कार्यक्रममा हेउमनपाका उद्योग तथा सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल , आर्थिक विकास महाशाखा प्रमुख राजेश्जरी शाही , हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देल , मेयर मिनाकुमारी लामाका प्रेस सल्लाहकार राजन दाहाल लगायतको आतिथ्यता रहेको थियोे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको