सिमलटारमा खेल मैदान उद्घाटन

लोकखबर
२०८१ जेष्ठ ३०, बुधबार १५:०९

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा निर्मित नवनिर्मित खेल मैदान आज उद्घाटन गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामासहितको टोलीले खेल मैदानको उद्घाटन गरेकी हुन् । हेटौँडा उपमहानगरपालिकाको १० लाख रुपैयाँ र ११ नम्बर वडा कार्यालयले बिनियोजन गरेको १० लाख रुपियाँ गरी जम्मा २० लाख बजेटबाट खेल मैदानको निर्माण भएको हो ।

खेल मैदान उद्घाटनमा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, जनप्रतिनिधिहरुका साथै नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे र सदस्य संगिता केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको