हेटौँडामा २ मृतकका परिवारलाई सहयोग

लोकखबर
२०८१ जेष्ठ ३१, बिहीबार २०:२२

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आफ्ना दुई जना सदस्यको दुर्घटनामा मृत्यु भएपछि दुवै मृतकका परिवारलाई २–२ लाखको दरले रकम सहयोग गरेको छ ।

संघको आफ्नै व्यवसायी हितकोषबाट रकम प्रदान गरिएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।

बीमा कम्पनीको प्रिमियम अत्यधिक बढेपछि संघले आफ्नै कोषबाट भारबहन गर्नेगरी रकम उपलब्ध गराउने प्रावधान बनाएको छ । हेटौंडाका व्यवसायी केशव प्रसाद मुडभरी र दिनेश कार्कीको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । उनीहरुको परिवारलाई संघमै निम्त्याई रकम हस्तान्तरण गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको