मकवानपुरका सबै पालिकामा कृषि सम्बन्धी सुझाव पेश
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुर जिल्लाका सबै स्थानीय पालिकाहरूमा कृषि सम्बन्धी सुझावमूलक अवधारणा बुझाएको छ ।
भीमफेदीबाहेक मकवानपुर जिल्लाका सबै पालिकाहरुमा फरकफरक मितिमा पालिकाको कार्यालयहरुमा पुगी सुझाव पेश गरिएको हो । भीमफेदी गाउ“पालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई भने हेटौंडामै प्रस्तुतिकरणसहित सुझाव बुझाइएको थियो ।
पहिलो चरणमा कैलाश, राक्सिराङ र मनहरी, दोश्रो चरणमा बकैया र बागमती, तेश्रो चरणमा मकवानपुरगढी, चौथो चरणमा थाहा र इन्द्रसरोवर, पा“चौं चरणमा भीमफेदी र छैठौं पटकमा हेटौंडा उपमहानगरपालिकामा सुझाव पेश गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत रहेको कृषि प्रवद्र्धन समितिले तयार गरेको अवधारणा पत्रले पालिकाको कृषि सम्बन्धी नीति निर्माणमा मद्दत पुग्ने र स्थानीय कृषकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले नगर कार्यपालिकाको कार्यालयमा बुधबार कृषि सम्बन्धी सुझावमूलक अवधारणा पत्र ग्रहण गरेकी थिईन् । नगर प्रमुख लामालाई संघका सहकोषाध्यक्ष तथा कृषि प्रवद्र्धन समितिका संयोजक निलम पाण्डेले कृषि सम्बन्धी अवधारणा पत्र बुझाएकी थिईन् ।
कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु दिवस पराजुली तथा सितादेवी भेटवाल र कृषि प्रवद्र्धन समितिका सदस्य ठूलीमाया मोक्तान लगायतको उपस्थिति रहेको थियो ।











































