नाबालिका बलात्कारको आरोपमा मकवानपुरबाट प्रहरी जवान पक्राउ
मकवानपुर । मकवानपुरको भार्तामा १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । कञ्चनपुर घर भएका प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोटलाई नाबालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।
१७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । नाबालिकामाथि जबरजस्ती करणी गर्ने प्रहरी जवानलाई गएको जेठ १६ नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रहरी जवानमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।











































