मुस्लिम समुदायको अवस्थाबारे हेटौंडामा अभिमुखिकरण कार्यक्रम

लोकखबर
२०८१ असार ८, शनिबार ०९:५१

मकवानपुर । मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विविध विषयमा सशक्तिकरण तथा क्षमता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।

मुस्लिम आयोगको आयोजनामा हेटौंडामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रमा आले मगरले मुस्लिम समुदायको सशक्तिकरणमा प्रदेश सकारको सधैँ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरिन् । मुस्लिम लगायत सिमान्तकृत तथा अल्पसंख्यक जाति समुदायको लागि सरकारले संविधानमै आरक्षण लगायतको व्यवस्था गरेको बताउँदै उनले प्राप्त अधिकारहरु लिनको लागि समुदाय नै अग्रसर हुनुपर्ने र त्यसमा राज्य सहयोग गर्न तयार भएको उनले बताईन् । मन्त्री मगरले धर्म र जातिको नाममा हुने विभाजन र राजनिति रोक्न सबै समुदाय सचेत हुनपर्ने कुरामा जोड दिईन् ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले लामो संघर्षपछि संविधानमा मुस्लिम समुदायको अधिकारहरु उल्लेख भएको र सोही अनुसार आयोग बनेको बताए । आयोग बनेपछि विभिन्न क्षेत्रमा आरक्षण, समान शिक्षा, सिप विकास, महिला अधिकार लगायतको पक्षमा उल्लेखित कामहरु भएको उनको भनाई छ ।

कार्यक्रममा मुस्लिम आयोगका सदस्य तथा प्रवक्ता मिर्जा अर्सद वेग, सदस्य मोहम्मद समसुल हक, नेपाली कांग्रेस मकवानपुरका सचिव इश्वर पाठक, नेकपा एमालेका जिल्ला सदस्य सानु लामा, नेपाल समाजवादी पार्टी मकवानपुरका इन्चार्ज इजहार आलम, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार न्यौपाने, कुस्ती संघका केन्द्रीय कोषाध्यक्ष जब्स मिया लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको