हेटौँडामा सडक सुरक्षाबारे अन्तरक्रिया सम्पन्न

लोकखबर
२०८१ असार ९, आईतवार १९:३८

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा सडक बिस्तार र सडक दुर्घटनाबारे अनतरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सरोकारवालाहरुले राजमार्ग सानो र साँघुरो भएकोले सडक दुर्घटना बढिरहेको कुरामा चिन्ता व्यक्त गरेका थिए । सडक बिस्तारका क्रममा देखिएका समस्या र त्यसको समाधानका लागि सरोकारवाला र उपभोक्ताहरुले निभाउनुपर्ने भूमिकाका बारेमा पनि सहभागीहरुले धारणा व्यक्त गरेका थिए ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ का वडाअध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक केशव अधिकारी, समुदायिक सेवा केन्द्रका पुर्व अध्यक्ष शालिकराम पुडासैनी लगायतकाको आतिथ्यता रहेको थियोे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको