सिमलटारका ८० वर्षीय वृद्ध राप्ति नदिमा मृत फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सिमलटारका एक वृद्ध राप्ति नदिमा डुबेको अवस्थामा मृत फेला परेका छन् । हेटौँडा ११ स्थित राप्ति नदिमा सिमलटारका ८० वर्षीय वृद्ध खड्गबहादुर राई मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार आइतबार राई पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए । मुचुल्का पश्चात उनको शव राईका छोराले बुझेर लगेको प्रहरीले जनाएको छ ।











































