हेटौँडामा टोल विकास संस्थाहरुको अनुगमन हुँदै

लोकखबर
२०८१ असार ११, मंगलवार १६:१३

मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा विभिन्न टोल विकास संस्थाहरुको अनुगमन सुरु भएको छ । टोल विकास समन्वय समितिको रोहबरमा अनुगमन सुरु भएको हो ।

अनुगमनको क्रममा वडा नम्बर ६ र ८ का केही टोल विकास संस्थाहरुको पहिलो पटक स्थलगत अनुगमन गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिएका छन् । अनुगमन पश्चात प्रत्येक वडाबाट एक टोल विकास संस्थालाई उत्कृष्ट टोल विकास घोषणा गरि रजत महोत्सवको अवसरमा पुरस्कृत गरिने योजना रहेको श्रेष्ठले जानकारी दिए ।

उपमहानगरपालिकाका केही छानिएका टोल विकास समितिकोहरुको मात्रै अनुगमन हुन लागेको हो । जानकारी अनुसार प्रत्येक वडाको ३–३ वटाका दरले टोल विकास संस्थाहरुको अनुगमन गरिने बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको