सामरी पुलबाट ट्रक चालक पक्राउ

लोकखबर
२०८१ असार १३, बिहीबार १८:०४

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकैबाट लागुऔषध गाँजा सहित १ जना मानिस पक्राउ परेका छन् । लागुऔँषध गाँजासहित हेटौँडा उपमहानगरपालिका वडा नक्बर ४ बस्ने ५१ वर्षीय पुर्णबहादुर रुम्बा पक्राउ परेका हुन् ।

बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने विशेष सुचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ट्रक र ट्रक चालक रुम्बालाई नियन्त्रणमा लिएको हो ।

ट्रकलाई चेकजाँच गर्दा ट्रकको पछाडीपट्टि मूनि फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा गाँजा १७५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको