हेटौँडामा दिगो वन व्यवस्थापन तालिम सकियो
मकवानपुर । दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनको लागि समुहका पदाधिकारी र जनप्रतिनिधिहरुको लागि ४ दिने तालिम हेटौँडामा सम्पन्न भएको छ ।
तालिममा डिभिजन वन कार्यालय राप्ती मनहरी ,मकवानपुरका डिएफओ लोकराज नेपाल, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका नवौं तह अधिकृत शम्भु तामाङ, डिभिजन वन मकवानपुर का अधिकृत राकेश चन्द्र वेशी , वन अधिकृतहरु विशाल भट्टराई , दिनेश सत्याल , दामोदर पाण्डे लगायतले दिगो वन व्यवस्थापन, कार्ययोजना सम्बन्धि तालिम दिएका थिए ।
तालिमको अन्तिम दिनमा सहभागीहरुलाइ मनहरी ७ का मनकामना सामुदायिक वन, पशुपति सामुदायिक वन र डिपार्ट सामुदायिक वन अवलोकन गराइ डिभिजन वन कार्यालय राप्ती मनहरीमा तालिमको समापण गरिएको थियो ।
तालिममा जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु, पत्रकार गरि ३० जनाको सहभागीता रहेको तालिम संयोजक तथा वन रेन्जर ज्ञानकुमार रिजालले जानकारी दिए । वन अधिकृत सुरेश गुप्ताको सभाध्यक्षतामा भएको तालिम समापण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाइलीले प्रमाणपत्र बितरण गरेका थिए । असार १० गतेदेखि हेटौंडा १९ नम्बर वडा कार्यालयको शभाहलमा शुरु भएको तालिम १३ गते समापन भएको हो ।











































