हेटौँडामा टोल विकास स्थापना भएको २५ वर्ष पुरा, वृक्षरोपण र दिप प्रज्वलन

लोकखबर
२०८१ असार १५, शनिबार ११:२७

मकवानपुर । हेटौँडामा टोल विकास संस्था स्थापना भएको २५ औँ वर्ष पुरा भएको अवसरमा शुक्रबार वृक्षरोपण र दिप प्रज्वलन गरिएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटोैँडाको २५ वर्ष पुरा भएको अवसरमा टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ३ ले हेटौँडा ३ बसामाडीमा वृक्षरोपण गरेको हो ।

त्यस्तै सोही अवसरमै शुक्रबार साँझ हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ । कार्यक्रममा टोल विकास संस्था, समन्वय समितिका सदस्यहरु, विभिन्न सामाजिक व्यक्तित्वहरुका साथै संचारकर्मीहरु उपस्थित भएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको