कोगटेबाट गाँजाजस्तो पदार्थसहित १ जना पक्राउ

लोकखबर
२०८१ असार १७, सोमबार १३:११

मकवानपुर । भिमफेदी गाउँपालिका वडा नम्बर ७ दमार कोगटे बस्ने ६१ वर्षीय बद्री बहादुर घागा मगरलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट गाँजाजस्तो देखिने पदार्थ ४ किलो ६ सय मिलिग्राम फेला परेपछि सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको