प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच के विषय हुँदैछ वार्ता ?
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भइरहेको भेटवार्ताले यतिखेर नेपालको राजनीतिमा विभिन्न टिकाटिप्पणी भईरहेको छ ।
श्रोतका अनुसार उनीहरुबिच अहिले समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको छ । अध्यक्ष ओलीसँग शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घण्टा बालकोटमा भेटवार्ता गरेपछि राजनीतिमा त्यसको अनेक अर्थ लगाउन सुरु भएको हो । देउवा र ओलीबीचको भेटवार्तालाई कतिपयले सत्ता समिकरणसँग जोडेर व्याख्या गरेका छन् भने अहिले भईरहेको वार्ता पनि त्यसै विषयमा भएको चर्चा चलेको छ । तर सत्तापक्षले त्यसलाई अश्वीकार गरेको छ ।
यसैबीच नेपाली कांग्रेसले आज दिउसो पदाधिकारी बैठक बोलाएपछि यस विषयले थप चर्चा पाएको हो ।











































