राजिनामा नदिएर विश्वासको मत लिने तयारी गर्दै प्रधानमन्त्री प्रचण्ड

लोकखबर
२०८१ असार १८, मंगलवार १३:१७

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजिनामा नदिएर प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्र पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा एमाले र नेपाली काँग्रेस् मिलेर सरकार बनाउने निर्णय भएसँगै प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको