गाडीको ठक्करबाट घाईते भएका पदमपोखरीका वृद्धको मृत्य

लोकखबर
२०८१ असार १८, मंगलवार १४:३०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ स्थित पदमपोखरीमा गाडीको ठक्करबाट घाइते भएका एक वृद्धको मृत्यु भएको छ । केही दिन अगाडी गाडीको ठक्करबाट घाइते भएका ८६ वर्षीय सुर्य बहादुर थिङको मृत्यु भएको हो ।

प्रदेश ३–०१–०२४ च ३९६७ नम्बरको पिकअप गाडीको ठक्करबाट घाइते भएका थिङको हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।

गत असार ५ गते पदमपोखरीमा पिकअप गाडी ब्याक गर्ने क्रममा पैदल यात्री थिङलाई ठक्कर लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते थिङलाई सोही दिन हेटौंडामा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो ।

चितवनमा उपचारपश्चात डिस्चार्ज भएर असार १० गते घर फर्केका थिङलाई असार १७ गते सोमबार स्वास्थ्य अवस्था ठिक नभएपछि हेटौंडा अस्पतालमा दिउँसो ४ बजे ल्याइएकोमा डाक्टरले ४ बजेर १५ मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको