हेटौँडा भिफेदी काठमाडौँ सडक एकतर्फी संचालन, कान्ति लोकपथ पूर्ण रुपमा बन्द
मकवानपुर । लगातार वर्षाका कारण बाढी तथा पहिरो खसेपछि बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौँमा आवतजावत गर्ने केही सडक पूर्ण रुपमा बन्द भएका छन् भने केही सडक एकतर्फी संचालन भएका छन् ।
नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको जानकारी अनुसार अहिले हेटौँडा–भिमफेदी हुँदै काठमाडौँ तर्फ जाने सडक एकतर्फी रुपमा संचालनमा छ भने कान्ति लोकपथ भने पूर्ण रुपमा बन्द भएको छ । प्रहरीको जानकारी अनुसार बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिरो खसेपछि कान्ति लोक पथ सडक मार्ग पूर्ण रुपमा बन्द भएको छ ।
त्यस्तै भिमफेदी गाउँपालिका वडा नम्बर ४ मा हिजो पहिरो खसेपछि अहिले त्यसस क्षेत्रबाट एकतर्फी रुपमा मात्र सवारी आवागमन भईरहेको छ ।











































