बागमती गाउँपालिकाको बजेट रोक्न अदालतमा रिट

लोकखबर
२०८१ असार २४, सोमबार १२:२४

मकवानपुर । बागमती गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनासहित ४ जना वडा अध्यक्षले गाउँपालिकाको बजेट रोक्न उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट निवदेन दर्ता गरेका छन् । असार १० गते गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयन तथा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ल्याइने बजेट रोक्न उनीहरुले रिट दिएका हुन् ।

उपाध्यक्ष तिमल्सिनासहित बागमती गाउँपालिका वडा नम्बर ९ का वडाअध्यक्ष पुनराम घलान, ८ का वडाअध्यक्ष ईन्द्रमणि तिमल्सिना, वडा नम्बर ६ का वडाअध्यक्ष टेकबहादुर डिम्डुङ र ७ नम्बरका वडाअध्यक्ष उत्तरबहादुर भोलनले हेटौंडा–५ का प्रभाकर रेग्मीलाई वारेस नियुक्त गरी आइतबार अदालतमा रिट दर्ता गराएका हुन् ।

रिट निवेदनमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ बमोजिम स्थानीय राजश्व परामर्श समिति दफा ६६ को श्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति र दफा ६७ बमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन नै नगरी गैरकानुनी ढंगबाट नीति, कार्यक्रम र बजेट ल्याउन लागिएको दाबी गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको