भैँसेबाट एक युवक पक्राउ

लोकखबर
२०८१ असार २४, सोमबार १२:३४

मकवानपुर । भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसे चोकबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।

करिब ४ किलोग्राम गाँजासहित भिमफेदी गाउँपालिका वडा नम्बर ८ इपापन्चकन्या बस्ने ३१ वर्षीय भिम स्याङतानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले भिमफेदीबाट हेटौंडातर्फ जाँदै गरेको ना. ४७ प १२२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

तर मोटरसाईकल चालक भने फरार भएको प्रहरीले जनाएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको