फापरबारी प्रहरी कार्यालयको जग्गामा वृक्षारोपण
मकवानपुर । बागमती गाउँपालिका वडा नम्बर ६ फापरवारी बजारस्थित इलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरको जग्गामा वृक्षारोपण गरिएको छ । सोमबार प्रहरीसहित स्थानीय र जनप्रतिनिधिहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो
कार्यालयको नाममा रहेको कित्ता नम्बर ५८२, १७ कठ्ठा १ धुर जग्गामा नापजाँच गरी जग्गा संरक्षणलागि वृक्षारोपण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयको जग्गामा विभिन्न प्रजातिका १ सयभन्दा बढी बिरुवाहरु रोपिएको ईलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ ।











































