बालमैत्री वडा बन्यो हेटौँडा ८

लोकखबर
२०८१ असार २९, शनिबार १८:३७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । आज भएको औपचारिक कार्यक्रममार्फत हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरेकी हुन् ।

उपमहानगरको पहिलो बालमैत्री वडा घोषणा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँ सहित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

वडाकी सहजकर्ता रोजिता दंगालका अनुसार वडालाई बालमैत्री घोषणा गर्नका निम्ति पूरा गर्नुपर्ने ५१ वटा सुचकहरु पुरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको हो ।

आर्थिक वर्ष २०८०–८१ मा यस वडामा ८ र अन्य स्थानबाट ४ गरि १२ जना बालश्रमिकहरुको उद्धार गरिएको छ, भने ४ वेपत्ता बालबालिकाको उद्धार र ३ वटा बालबिवाह रद्ध गरिएको सहजकर्ता दंगालले बताईन् । वडाभित्र १९ वटा टोलविकास संस्था र २१ वटा बालसमूह रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको