थानकोट–चित्लाङ सडक साउन २० गतेसम्म बन्द
मकवानपुर । थानकोट–चित्लाङ सडक साउन २० गतेसम्म बन्द हुनेभएको छ। मकवानपुर–काठमाडौँ जोड्ने उक्त सडकको स्तरोन्नतिका क्रमका सेतो पहरो सडक खण्डमा उच्च ग्रेड कम गर्न र सडकको चौडाई कम भएको भागमा ब्याक कटिङ र ग्रेड डाउन गर्ने काम गरिँदैछ । उक्त अवधिमा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन बन्द गरिने भएको हो।
सडक डिभिजन, काठमाडौँले सेतो पहरो खण्डमा उच्च ग्रेड कम गर्ने र सडकको चौडाई बढाउन काम भइरहेकोले सम्भावित दुर्घटना हुन नदिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रुपमा सडक बन्द गरी निर्माण कार्य भइरहेको जनाएको छ ।
आगामी साउन २० गतेसम्मको निर्माण कार्य अवधिभर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।











































