हेटौँडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा

लोकखबर
२०८१ असार ३०, आईतवार २०:१४

मकवानपुर । हेटौँडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा भएको छ । आईतबार एक समारोहको आयोजना गरी हेटौँडा उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

नगरमा रहेका ५ वर्ष मुनिका ५ हजार ७ सय १८ जना बालबालिकालाई पूर्णखोप लगाएसँगै हेटौँडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा भएको नगरपालिकाले जनाएको छ ।

आईतबार जिल्ला खोप समन्वय समितिका सचिव कृष्णबहादुर मिजारले नगर प्रमुख मीनाकुमारी लामालाई खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको