नगद चोरीमा संलग्न तीन जना पक्राउ

लोकखबर
२०८१ कार्तिक १३, मंगलवार १७:०२

मकवानपुर । मकवानपुरको मनहरीमा बस चढेका व्यक्तिको नगद चोरीमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराती ११ बजेतिर मनहरी गाउँपालिका वडा नम्बर– ६ बस्ने ४९ वर्षिय भरत गौतम हेटौडाबाट ना ५ ख ८१०१ नम्बरको बस चढी लोथर जाने क्रममा उनको साथमा रहेको नगद ५१ हजार रुपैयाँ चोरी गर्नेहरु पक्राउ परेका हुन् ।

बसमा सवार गौतमको साथबाट नगद लुट्ने कार्यमा संलग्न सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा नम्बर ६ बस्ने ३२ वर्षिय लाक्पा तामाङ, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-१० बस्ने ४२ वर्षिय प्रेम दोर्जे शेर्पा र धनकुटाको छथर गाउँपालिकावडा नम्बर- ३ बस्ने ३७ वर्षिय हेमराज श्रेष्ठ पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।

चोरी भएको सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको