‘राष्ट्रको सुरक्षामा सेनाको भूमिका महत्वपूर्ण’

लोकखबर
२०८१ फाल्गुन १७, शनिबार १६:०७

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाली सेनाले राष्ट्रको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नुका साथै देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।
महाशिवरात्री तथा २६२ औं नेपाली सेना दिवशको उपलक्ष्यमा आयोजित विविध सैनिक प्रदर्शनी–वाकथुन तथा एडभेन्चर च्यालेन्ज प्रतियोगिता २०८१ कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् ।

गौरवशाली इतिहास बोकेको नेपाली सेनाले राष्ट्रलाई पर्न आउने विभिन्न विपत्तिमा जनताहरुको जनधनको क्षति हुनबाट बचाउन सहयोग गर्दै आईरहेको उनको भनाई छ । जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका हरेक कुनाकाप्चामा जनहितका कार्यहरु गर्दै, आफ्नो ज्यानको पर्वाह नगरी जनरक्षाको लागी नेपाली सेना निरन्तर खटीई रहेकोमा प्रमुख देवकोटाले सेनाको योगदानको प्रशंशा गरे ।

प्रदेशस्तरमा आयोजना गरिएको यस वाकथुन तथा एडभेन्चर च्यालेन्ज प्रतियोगिता-२०८१ कार्यक्रमले बागमती प्रदेशमा रहेका जनताहरुलाई नेपाली सेनाबारे जान्ने बुझ्ने अवसर प्रदान गरी नेपाली सेना प्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि भएको पाइएको उनले बताए ।

‘अनेकता विचको एकताको प्रतिकको रुपमा नेपाली सेनाले पाईरहेको जनताको साथ र सहयोगमा समेत वृद्धि भएको देखिन्छ ।’ उनले भने, ‘आजको (एडभेन्चर च्यालेन्ज) प्रतियोगिताले युवा तथा विद्यार्थी भाईबहिनीका बाधा कठिनाईलाई हौसला, जोश, जाँगर र मानसिक तथा शारीरिक तन्दुरुस्तीले पार गर्न सकिन्छ भन्ने शिक्षा दिएको अनुभूति गरेको छ ।

नेपाली सेना सम्बन्धी जानकारी दिने उद्देश्यले तयार गरिएका स्टलहरुले यस क्षेत्रमा रहेका जनताहरु त्यसमा पनि विशेष गरि विद्यार्थीहरुलाई नेपाली सेना सम्बन्धी ज्ञान हासिल गर्न सहज भएको महशुस गरेको उनले बताए ।

कार्यक्रममा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल,मध्य पृतनाका पृतनापती हरेन्द्र पाठकलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको