स्ववियु निर्वाचनका विषयमा गृहमन्त्रालयको यस्तो निर्देशन

लोकखबर
२०८१ फाल्गुन २०, मंगलवार ०९:१७

काठमाडौं–आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनलाई सफल बनाउनका लागि गृहमन्त्रालयले मातहतका निकायलाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मातहतलाई स्ववियु निर्वाचनको प्रारम्भदेखि मतगणना सम्पन्न नभएसम्म सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुरक्षा व्यवस्थाका लागि निर्देशन दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ । सोमबारबाट निर्वाचन कार्यक्रम सुरु भइसकेको छ र संगठन दर्ताको काम भइरहेको छ ।

स्ववियु निर्वाचनलाई लक्षित गरेर दलहरुले आआफ्ना तयारीलाई तिब्र बनाएका छन् । नेपाली काँग्रेस केन्द्रीय समितिले प्रदेश हेर्ने गरी आफ्ना नेता तोकेको छ भने जसरी पनि परिणाम आफ्नो पक्षमा पार्ने गरी काम गर्न निर्देशन भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको