सालनालसहित नवजात शिशुको शव फेला

लोकखबर
२०८१ फाल्गुन २२, बिहीबार ०८:२८

मकवानपुर– मकवानपुरमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी) को शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा जानकारी प्रप्त हुन साथ प्रहरी निरिक्षक विशाल सापकोटाको कमाण्डमा टोली खटि गएको थियो ।
उक्त शव कस्ले फालेको हो भन्ने नखुलेको र एक, दुइ दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । शिशुको शव सालनाल सहित रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको