एसपीको नेतृत्वमा घिमिरे बन्धु प्रतिष्ठान
मकवानपुर–घिमिरे बन्धु प्रतिष्ठान मकवानपुरको शनिबार हेटौँडामा भएको आठौँ जिल्ला भेला तथा चौथो अधिवेशनले एसपी (शंकर) घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा ज्ञानप्रसाद घिमिरे, सचिव यदु कुमार घिमिरे र कोषाध्यक्षमा भवनाथ घिमिरे चुनिएका छन् । भेलामा प्रतिष्ठानले ज्येष्ठ सदस्य धर्मदत्त घिमिरे सम्मानित भए ।
भेला प्रतिष्ठानका केन्द्रीय सचिव अजय घिमिरेको आतिथ्यमा भएको हो ।











































