भुकम्प प्रतिरोधी विद्यालय भवन निर्माण सुरु

आधुनिक तथा व्यवहारिक शिक्षामा जोड
लोकखबर
२०८१ चैत्र १५, शुक्रबार १९:२०

विदुर-नुवाकोटको चारघरेमा भुकम्प प्रतिरोधी पक्कि विद्यालय भवन निर्माण सुरु गरिएको छ । विदुर नगरपालिका–१२ चारघरेमा रहेका शहीद भरतप्रसाद ढुंगाना स्मृती आधारभूत विद्यालयमा पक्कि भवन निर्माण सुरु भएको हो ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले आठ कोठे दुई तल्ले पक्कि भवनको शिलान्यास गरेसंगै भवनको निर्माण सुरु भएको हो । उनले भवन गुणस्तरिय, टिकाउ निर्माण गर्न जोड दिदै अव आधुनिक, प्रविधियुक्त र व्यवहारिक शिक्षा आवस्यक रहेको वताए ।
अर्थ मन्त्रालयले सघन सहरी विकास कार्यालयमार्फत कुल एक करोड रुपैया लागतमा भवनको निर्माण सुरु भएको हो । भवन आगामी २०८२ साल जेठ १५ गतेसम्म निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।
भवन निर्माण शुभारम्भ कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा वोगटी, विदुर १२ का वडाध्यक्ष उपिन्द्र खड्का, सामाजिक अगुवा नवराज ढुंगानालगायतले विद्यालर्थीहरुलाई स्वरोजगारमुलक शिक्षा अवलम्वन गर्नुपर्ने वताए । १ देखि कक्षा आठसम्म अध्ययन अध्यापन हुदै आइरहेको सो विद्यालयमा हाल एकसय ३० जना विदार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ढुंगानाले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको