घिसिङको पुर्नवहालीको माग
माओवादीको मसाल जुलुश
विदुर–कुलमान घिसिङको पुर्नवहाली गरिनुपर्नेलगायतका विभिनन माग राख्दै नुवाकोटमा विरोद प्रदर्शन भएको छ । प्रमुख प्रतिपक्षि दल माओवादी केन्द्र नुवाकोटले वुधवार वेलुकी विरोध गर्दै मसाल जुलुश गरेको हो ।
विद्युत प्राधिकरणवाट हटाइएका कुलमान घिसिङलाई पुर्नवहाली गरिनुपर्ने, अनियमितता, भष्ट्राचार, बेथिति वढेको आरोप लगाउंदै त्यसको बिरोधमा नेकपा माओवादी केन्द्र नुवाकोटको आयोजनामा बट्टारदेखी बसपार्क चोकसम्म सरकार विरोध विभिन्न नारा लगाउंदै मसाल जुलुस प्रदर्शन गरेको हो । प्रहरीले माओवादी कार्यकर्ताले वोकेको मसाल खोसेको छ ।











































