मौरीपालक पुराना कृषक सम्मानित
विदुर–मौरीपालन व्यवसायलाई व्यवसायिकरण गरिनु पर्ने माग गरिएको छ । नुवाकोटको पिपलटारमा आयोजित कार्यक्रममा सहभागीहरुले मौरीपालन व्यवसायलाई विस्तार गरि स्थानीय आवस्यकतामा महको लागि स्वावलम्भी वनाउन जोड दिएका छन् ।
नेपाल मौरीपालक महासंघ नुवाकोटको आयोजना र आधुनिक मौरी फार्म पिपलटारको व्यवस्थापनमा अवको निकास, कृषि क्षेत्रको विकास भन्ने मुल नाराको साथ आयोजित १९ औं मह दिवसमा सहभागीहरुले मौरीपालन व्यवसायलाई शांखको रुपमा मात्र नभई अव अर्गानिक खानपानका लागि पनि यसको व्यवसायिकरण आवस्यक रहेको निष्कर्श निकालेका छन् ।
कार्यक्रममा नुवाकोटका पुराना मौरीपालक कृषक चेतवहादुर श्रेष्ठलाई मौरीपालनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दैै सम्मानित गरिएको छ । श्रेष्ठले विदुर नपा ५ द्ेवीघाटमा २०५४ सालदेखि व्यवसायिक रुपमा मौरीपालन व्यवसाय सुरु गरेका थिए ।
उनलाई कृषि विकास कार्यालय नुवाकोटका वागवानी विकास अधिकृत प्रदीपचन्द्र नेपाल, मौरीपालक महासंघ नुवाकोटका अध्यक्ष भीमप्रसाद अधिकारी, पशु चिकित्सक डा. सुदीप कोइरालालगायतले सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् । कार्यक्रममा सहभागी मौरीपालक किसानहरुले नुवाकोटमा आवस्यक पर्ने महको उत्पादन गर्न आफुहरु सक्षम रहेको दावी गरे ।
कृषकहरुले आफुले उत्पादन गरेको महको वजारीकरणको समस्या रहेको गुनासो व्यक्त गरे । १२ स्थानीय तह रहेको नुवाकोटमा एकसय भन्दा वढिक मौरीपालक कृषकहरु रहेका छन् ।











































