एकैपटक डेढ सय वढि शिक्षकको पदस्थापन

नियुक्तिपत्रसंगै पठाइयो विद्यालय
लोकखबर
२०८१ चैत्र १५, शुक्रबार २०:००

विदुर–नुवाकोटको विभिन्न विद्यालयमा एकै पटक डेढ सय वढि शिक्षकहरुलाई पदस्थापन गरिएको छ । १२ स्थानीय तह रहको नुवाकोटको विभिन्न विद्यालयमा एकैपटक एकसय ५७ शिक्षकलाई नियुक्तिपत्र प्दान गरि विद्यालय पठाइएको छ ।
यससंगै ठुलो संख्यामा नुवाकोटका विभिन्न विद्यालयका नयां शिक्षकहरुले स्थायी नियुक्ति बुझेका हुन् । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तहको शिक्षक छनौट प्रक्रियाबाट उत्तिर्ण भएका शिक्षकहरुले नियुक्तिपत्र बुझेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।
उनीहरुलाई पद तथा गोपनियताको सपथ खुवाई कार्यक्षेत्रको विद्यालयमा पठाइएको कार्यालयका प्रमुख रामचन्द्र इटनीले जानकारी दिए । उनका अनुसार शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले प्राथमिक तहका स्थायी शिक्षकको रुपमा नुवाकोटमा सिफारिस भएका शिक्षकलाई कार्यक्रमसहित नियुक्तिपत्र प्रदान गरिएको हो ।
स्थानीय तहमा खटिने शिक्षकलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरको सिफारिसअनुसार शिक्षकहरुलाई नियुक्तिपत्र दिइएको हो । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले स्थायी शिक्षकमा नियुक्त भएकाहरुलाई आधुनिक र प्रभावकारी रुपमा अध्यापन गर्न सुझाव दिदै नियुक्तिपत्र प्रदान गरेका हुन् ।
आवश्यकताको आधारमा स्थानीय तहलाई दरबन्दीका शिक्षक पठाएपछि पालिकाले पदस्थापन गरेर विद्यालयमा पठाउने व्यवस्था गर्ने जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको