गणतन्त्रको पक्षमा एमालेको कार्यक्रम

वडास्तरको सकेर जिल्लास्तरको तयारी
लोकखबर
२०८१ चैत्र १५, शुक्रबार २०:०३

विदुर–नुवाकोटमा गणतन्त्रको पक्षमा नेकपा एमालेले् विविध कार्यक्रम सन्चालन गरिरहेको छ । अन्र्तक्रिया, भेला तथा जनचेतनामुलक कार्यहरु वडा तथा स्थानीयस्तरमा गरिएको एमाले नुवाकोटले जनाएको छ ।
नेकपा एमालेको केन्द्रीय निर्देशनअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने क्रममा नुवाकोटको ८८ वटै वडामा जनचेतना सम्प्रेषणको लागि भेला तथा अन्र्तक्रिया सम्पन्न गरिएको एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले जानजकारी दिए । अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा पार्टीका आ–आफ्नो क्षेत्रमा सृजनात्मक ढंगले लागू गर्न निर्देशन दिए अनुसार नेता तथा कार्यकर्ताहरु परिचालन भएका हुन् ।
केन्द्रीय निर्देशन अनुरुप वडा केन्द्रीत जनसचेतना कार्यक्रम समपन्न भइसकेको एमाले जिल्ला सदस्य दीपक कार्कीले जानकारी दिए । यसका साथै यहि चैत्र १८ गते नुवाकोटको सदरमुकाम विदुरमा आयोजित जागरणसभामा प्रत्येक १२ वटै पालिकाबाट पार्टी कमिटी पदाधिकारी एवं सदस्यहरु, जनसंगठनका पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रममा सहभागिताको लागि एमाले नुवाकोटले निर्देशन गरेको छ ।
यहि चैत २६ गते बट्टारमा हुने अभिमुखीकरण कार्यक्रममा जिल्ला कमिटीका सदस्य, पालिका कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी, निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा कमिटीका अध्यक्षहरुलाई सहभागी हुन पार्टीले परिपत्र गरेको छ । सरकार र एमाले विरुद्ध भ्रम सिर्जना गर्ने कार्य भइरहेको र यसलाई नियन्त्रणका लागि उक्त अभियान सन्चालन गरिएको एमाले नुवाकोटका उपसचिव तथा जनसंगठन विभाग प्रमुख राजेन्द्रप्रकाश पाण्डेले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको