पत्रकार हत्या तथा सन्चारगृहमाथि आक्रमणको विरोध
काठमाडौं–सन्चारगृहमाथि भएको आक्रमण र पत्रकार हत्याको विरोध सुरु भएको छ । लोकतनत्रमा जनताको आवाज वुलन्द गर्ने सन्चारगृहमाथि आक्रमण गरि तोडफोड गनुृका साथै पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा विभिन्न कार्यक्रम गरिएका छन् । काठमाडौं तथा जिल्लास्तरवाट हत्या र आक्रमणको विरुद्ध प्रदर्शन गरिएको छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा शनिवार विरोध प्रदर्शन गरिएको हो । उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शुक्रवार राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।
कार्यकर्ताहरुले तिनकुनेको एक घरमा आगजनी गरेको थिए । सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए । सोही क्रममा जलेर उनको मृत्यु भएको हो ।

पत्रकार महासंघलगायत पत्रकार र पत्रकारितासंग आवद्ध विभिन्न सघसंस्थालेृ पत्रकार र सन्चारगृहमाथि भएको आक्रमणको विरोध गरेका छन् । अन्नपुर्ण पोष्ट, कान्तिपुरलगायतका विभिन्न सन्चारगृहमा शुक्रवार आक्रमण भएको थियो ।
पुर्ण प्रेस स्वतन्त्रता रहेको मुलुकमा प्रेस जगतमाथि आक्रमण गरिनु निन्दनीय रहेको ठहरसहित काठमाडौं, प्रदेश तथा जिल्लास्तरमा विरोधका कार्यक्रमहरु सुरु भएको छ ।











































