चोरीको सामानसहित तीन जना पक्राउ

लोकखबर
२०८१ चैत्र १७, आईतवार २०:१४

बिदुर-चोरीको सामानसहित चोरी कार्यमा संलग्न युवकहरू रसुवामा पक्राउ परेका छन् । प्हरीले अदालतमा हिरासतमा राख्ने म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।
रसुवाको गोसाईकुण्ड गाउंपालिका ं.३ स्थित सिनो हाइड्रो व्युरो एण्ड कम्पनी र रसुवा भोटेकोशी हाइड्रोपावर प्रोजेक्ट कम्पनीको ड्यामसाईटको स्टोरबाट फलामको डण्डी तथा रडहरू चोरी गरि लुकाइछिपाइ बा३ख ३७६६ नम्बरको ट्रिपर गाडीको पछाडीको भागमा बालुवाले छोपी राखेको अवस्थामा सामानसहित पक्राउ गरिएको हो । कुल तीनहजार सातसय किलोग्राम तौल बराबरको फलामको रड र डण्डीको टुक्राहरूसहित ट्रिपर चालक सुजन वाईवा र उक्त चोरी कार्यमा संलग्न कुमार तामाङ र राजेन्द्र घले समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
उनीहरुलाई रसुवा जिल्ला अदालतबाट हिरासतमा राख्न ७ दिनको म्याद लिएर अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ । यसैवीच, अवैध व्यापार र भन्सार छली नियन्त्रण गर्न रसुवामा सुरक्षा निकायहरू सक्रिय भएका छन् ।
रसुवाको विभिन्न प्रहरी चेकपोस्टहरूमा खटिएको सुरक्षाकर्मी टोलीले ठुलो परिमाणमा भन्सार छली गरिएको सामान बरामद गरेको छ । सुरक्षा निकायले रसुवागढी नाकामा सक्रियता वढाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको