तारुकामा एक घर एक धारा निर्माण
विदुर–वषौंदेखि पिउने पानीको अभावमा रहेका तारुकावासीका लागि निर्माण गरिएको खानेपानी योजना अन्र्तगत एक घर एक धारा निर्माण गरिएको छ । सो अभियान अन्र्तगत निर्मित’एक घर एक धारा’ निर्माण कार्यको जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका छन् ।
तारकेश्वर गाउँपालिकामार्फत निर्मित सो आयोजनाको गापा अध्यक्ष शिव अधिकारी अविरलले स्थलगत निरीक्षण गरे । उनले दीर्घकालीन, प्रभावकारी र गुणस्तरिय कार्य गर्न समवन्धित पक्षलाई निर्देशन दिए ।

निर्माण गरिएको जोरघट्ट खानेपानी आयोजनाको दोस्रो चरणको काम अन्तर्गत एक घर एक धारा निर्माण कार्यकोे अनुगमन गरिएको हो । अध्यक्ष अधिकारीले आफू निर्वाचित भएको ६ महिनाभित्रै तारुकाबासीलाई पानी खुवाउने योजना अनुरूप धादिङको सिमानामा रहेको जोरघट्ट मुहानको पानी तारुका पु¥याइएको वताए ।
सो योजनाको पहिलो चरणमा जोरघट्टदेखि तारुकासम्म पानी आइपुग्ने व्यवस्था गरी पुरानै ट्याङ्की र धाराबाट पानी वितरण गरिएको थियो । हाल दोस्रो चरणमा नयाँ ट्याङ्की र घर घरमा नयाँ धारा निर्माण कार्यले तिब्रता पाएको छ ।
सो आयोजनाबाट तारकेश्वर गापा २ र ३ का ७ सय ५० भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । यसवाट दुई हजार पांचसय वढि जनसंख्यालाई पिउने पानीको सुविधा पुगेको छ ।












































