मुख्यमन्त्रिकप राष्ट्रिय महिला फुटवल आयोजना
विदुर–खेलको विकास र विस्तारका साथै खेलाडिहरुको क्षमता प्रवद्र्धनको उद्धेशयसहित नुवाकोटमा मुख्यमन्त्रिकप महिला फुटवल प्रतियोगिता आयोजना गरिएको छ । यसका साथै राष्ट्रिय व्याडमिन्टन प्रतियोगितासमेत एकैपटक आयोजना गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यहि वैशाख १३ देखि २० गतेसम्म बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटवल प्रतियोगिता २०८२’ आयोजना गरिएको छ । मुख्यमन्त्रि कप अन्तर्गतको राष्ट्रिय महिला फुटबल तथा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी भइरहेको छ ।
राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत राष्ट्रियस्तरको आठ टिमको सहभागिता हुने आयोजक जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष विजय गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको उपाधि विजेताले पांचलाख र उपविजेताले नगद दुईलाख ५० हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
ऋायोजक समितिका अध्यक्ष विजय गुरुङले पछिल्लो समय नेपाली खेलकुदमा महिला सहभागिता उत्साहजन रहेकाले नुवाकोटमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । साथै व्याडमिन्टनमा पनि देशभर नै राम्रो माहौल रहेकाले फुटबल र व्याडमिन्टनलाई मुख्यमन्त्री कपमा समावेश गरिएको उनले बताए ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा यहि वैशाख १३ गतेदेखि स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नुवाकोटमै जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । यहि वैशाख १३ देखि १५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न सात इभेण्टमा प्रतियोगिता गराइने तयारी भएको छ ।
प्रतियोगितामा पुरुष जोडी, भेट्रान्स पुरुष, जिल्लाभित्रका खुल्ला पुरुष जोडी, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी, छात्रछात्रातर्फको अण्डर १५, पुरुषहरुतर्फको मिक्स डवल इभेण्टमा खेल खेलाइने आयोजकले जनाएको छ । टिम दर्ताका लागि छात्रछात्रातर्फको अण्डर १५का लागि पांचसय, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी र जिल्लाभित्रका खुल्ला पुरुष जोडीका लागि एकहजार पांचसय र अनय विद्याका लागि दुई हजार रुपैया दर्ता शुल्क कायम गरिएको छ ।
प्रतियोगितामा पुरुष जोडीतर्फका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तृतीयले २० हजार, भेट्रान्स पुरुषतर्फ विजेताले ४० हजार, उपविजेताले २५ हजार, तृतीयले २० हजार, जिल्लाभित्रका खुल्ला पुरुष जोडीतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडीतर्फ विजेताले २० हजार, उपविजेताले १५ हजार, तृतीयले १० हजार रुपैया प्रापत गर्ने शनिवार आयोजित पत्रकार सम्मेलनमा आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा छात्र/छात्रातर्फको अण्डर १५ को दुवैतर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र पुरुषतर्फको मिक्स डवल इभेण्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार रुपैया नगदका साथ ट्राफि र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।
सो प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । दुवै प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद संरक्षक, विदुर नगरपालिका संरक्षक र नुवाकोट जिल्ला फुटवल संघ सहआयोजक रहेको छ ।











































