आधुनिकता देखाउन चम्किदै ‘झिल्को’

डिजिटल युगको प्रभाव पर्दामा
लोकखबर
२०८२ बैशाख ७, आईतवार २१:१९

विदुर–अहिलेको वर्तमान डिजिटल युगमा आधुनिकताको प्रभाव पर्दामा देखिने भएको छ । सामाजिक विषयवस्तुलाई सकारात्मक र जीवन्त रुपमा देखाउन सफल निर्देशक यादवकुमार भट्टराइको पछिल्लो चलचित्र ‘झिल्को’ चम्किने दिन आउंदैछ ।
नेपाली समाजको विषयवस्तुलाई पर्दामा उतार्न खप्पिस निर्देशक भट्टराइले यसमा डिजिटल कुलतबाट बालबालिकालाई हटाउने सन्देश समेटेका छन् । यस चलचित्र ‘झिल्को’को प्रदर्शन मितिसमेत तय भएको छ ।
यहि बैशाखको तेस्रो साता भट्टराइको ‘झिल्को’को मिति तय भएको हो । बैशाख १९ गते शुक्रवार रिलिज हुँदैछ ‘झिल्को’ ।
‘झिल्को’ बालबालिकामा डिजिटल कुलतको प्रभाव देखाउने परवेशमा तयार भएको छ । यसअघि ‘झोला’ र ‘भोर’ जस्ता चर्चित र सफल चलचित्र पस्केका निर्देशक भट्टराई ‘झिल्को’मा केहि नयां भएको वताउंछन् ।
युग परिवर्तनसंगै प्रविधि आफैँ खराब होइन । तर, यसको अनियन्त्रित र असावधानीपूर्ण उपभोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने सन्देश ‘झिल्को’ ले दिन खोजेको निर्देशक भट्टराइको भनाई छ ।
‘झिल्को’को कथा तथा पटकथा निर्देशक स्वयं भट्टराईले तयार गरेका हुन् । अरुणदेव जोशी र देव व्रतसँग मिलेर चलचित्र तयार पारेका हुन् भने यसका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य हुन् ।
‘झिल्को’मा आयुषी ढकाल, सुनील पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी, विशाल पोखरेल, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ । यसलाई आफ्नो झोला जस्तै दर्शकहरुले रुचाउने निर्देशक भट्टराइले वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको